२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निजामति कर्मचारी युनियनको तीजको कार्यक्रममा रमाए कर्मचारी

सोमवार , भाद्र १७, २०८१

भैरहवा, १७ भदौ ।
नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीज मिलन कार्यक्रम गरेको छ । रुपन्देहीसहित विभिन्न जिल्लामा कार्यरत युनियनमा आबद्ध कर्मचारीको उपस्थितिमा तीज मिलन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रिय सदस्य गंगा शाहीले तीजलाई भड्किलो बनाउनु भन्दा पनि सामाजिक एकता, जागरण र अन्यायका विरुद्धमा शङ्खघोष गर्ने पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिन । उनले तीजलाई महिला सशक्तिकरणका साथै संस्कृति संरक्षण र मौलिकतामा विशेष ध्यान दिन आग्रह गरिन् । 

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले नारी शक्तिलाई कुरीति र कुसंस्कारको विषयमा आवाज उठाउन आग्रह गरिन् । 

WhatsApp Image 2024-09-01 at 1.35.14 PM.jpeg

कर्मचारी युनियनकी जानुका भण्डारीको सञ्चालन, महिला उपाध्यक्ष अनिता वि.क.को अध्यक्षता तथा मनिषा कार्कीको स्वागतमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष विष्णु बहादुर रायमाझी, केन्द्रिय महासचिव जनक रावल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, केन्द्रिय सदस्य विनोद अधिकारी, नविन पन्थी, प्रदेश सचिव भगवती पन्थी, आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश पाण्डे लगायतले बोल्दै तीजलाई पुरानो संस्कृति र मौलिकता अनुरुप मनाउनुपर्नेमा जोड दिए । 

WhatsApp Image 2024-09-01 at 1.37.08 PM.jpeg

कार्यक्रममा तीजको मौलिक संस्कृति अनुरुप पुराना तीजका भाका गाउनुका साथै मादलको तालमा कर्मचारीहरु रमाएका थिए । कतिपयले उक्त कार्यक्रमले गाउँका डाँडा पाखामा गएर तीज मनाएको महसुस भएको बताएका थिए ।