२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पत्रकारिता जगत सधैं सत्य र न्यायको पक्षमा हुनुपर्छ : मन्त्री बराल

बिहिवार , फाल्गुण २०, २०७७

भैरहवा, २० फागुन। प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ। जिल्ला भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पत्रकारिता जगत सधैं सत्य र न्यायको पक्षमा हुनुपर्ने बताए।

संगठनका जिल्ला सहसंयोजक कमल रायमाझीको अध्यक्षतामा सम्पन्न भेलामा प्रेस संगठन नेपालका केन्द्रिय पुर्व अध्यक्ष समेत रहेका बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले पत्रकारले गलतलाई गलत भनेर भन्न सकेन भने त्यो पत्रकार नै हु्न नसक्ने बताए।

सो अवसरमा नेकपा रुपन्देही अध्यक्ष राजु गुरुंगले रुपन्देहीमा पत्रकारीता क्षेत्रले राजनीतिक दल र राजनीतिकर्मिलाई समेत सचेत गराउदैं आएकोमा खुसी लागेको बताए। उनले पत्रकारहरुको महत्वपूर्ण भूमिकाकै कारण संसद पुर्नस्थापना भएको पनि बताए। नेकपा रुपन्देही सचिव निर्मल जि.सीले प्रेस संगठनको भूमिका हिजो जत्ति महत्वपूर्ण थियो त्यो भन्दा बढी आज भएको बताए।

भेलामा शुभकामना मन्तब्य राख्दै नेपाल पत्रकार महासंघ प्रदेश सदस्य समेत रहेका प्रेस यूनियन रुपन्देहीका निर्बमान सभापति नेता विक्रम खड्काले आसन्न पत्रकार महासंघको निर्वाचनमा प्रतिगमन विरुद्ध पक्षधरहरुबीच सहकार्य गरेर अगाडी बढ्ने बताए।

पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसीले नेपाल पत्रकार महासंघले प्रतिगमनको विरुद्ध आवज उठाउन देशभरका पत्रकारलाई आहवन गरेको बताउदैं प्रेस संगठनमा आवद्ध साथिहरुको भूमिका महत्वपूर्ण देखिएको बताए।

संगठनका केन्द्रिय सदस्य घनश्याम गौतमले नेपाली पत्रकारिताको ईतिहांसमा विगतदेखि नै प्रेस संगठनले राष्ट्र र राष्ट्रियताको विषयमा कहिल्यै सम्झौता नगरेको बताए।

कमल रायमाझीको अध्यक्षता, विनोद परियारको सन्चालन र शंकर पान्डेको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ पत्रकार विनोद पहाडी, प्रेस संगठनका लुम्बिनी इन्चार्ज विकास बन्जाडे, प्रदेश संयोजक मानसिंह विश्वकर्मा, सहसंयोजक रुद्रहरी कुवर, गुनाराम घिमिरे, प्रदेश सचिव नरेश के.सी, संगठनका नेताहरु भुवन कार्कि, ओम पंगेनि, विन्दुकुमार चौहान, सरु राना, शरण कर्माचार्य, प्राध्यापक तथा लेखक रिसीराम भुसाल, अग्रज पत्रकारहरु सिद्धिचरण भट्टराई, गुरुदत्त ज्ञवाली, भरत भुसाल, भिस्म पन्थि, रिर्पोटस क्लबका अध्यक्ष रामकुमार क्षेत्री, पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव कपिल ज्ञवाली, जन पत्रकार संगठन अध्यक्ष शिब डुम्रे, राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी अध्यक्ष चिन्ता परियार लगायतको आतिथ्यता रहेको थियो।