
मंगलवार , भाद्र १८, २०८१
भैरहवा, १८ भदौ ।
गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाले तीज विशेष कार्यक्रम गरेको छ । समाजले सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल रोडमा खुल्ला तीज गीत तथा दर खाने कार्यक्रम गरेको अध्यक्ष केशवराज ज्ञवालीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाले रचनात्मक कार्यक्रम गर्दै आएको बताइन् । उनले हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम गर्नु सराहनीय रहेको बताइन् ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायण प्रसाद पन्थ लगायतले भनाइ राखेका थिए ।
सामाजका प्रथम उपाध्यक्ष शालिकराम पाण्डेयको स्वागत तथा सचिव अर्जुन प्रसाद गौतमको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं समाजको द्वितीय उपाध्यक्ष मन्जु पाण्डेयले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij