२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिला सशक्तिकरणको लागि सरकारले काम गरिरहेको छ : मन्त्री सुडी

मंगलवार , भाद्र १८, २०८१

काठमाडौ, १८ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरणको लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन्।

मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले महिलाहरु विदेश वा आफ्नै देशमा पीडित रहेका भन्दै उनीहरुमाथि दुव्र्यवहार हुन नहुने बताए । उनले महिलाहरुका लागि प्रत्येक प्रदेशमा एउटा आश्रयस्थल बनाइरहेको बताए । मधेस प्रदेशमा काम अघि बढिसकेको र वागमतीमा जग्गाका कारण केही रोकिएको भएपनि छिटै शुरु गर्ने बताए। 

मन्त्री सुडीले नियमावलीले व्यवस्था गरेको महिला समिति गठन गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।