२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महात्मा बुद्ध माविका विद्यार्थीलाई अभिमुखीकरण

बुधवार , भाद्र १९, २०८१

भैरहवा, १९ भदौ ।
मानव बेचविखन तथा ओसारपसारविरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । माइती नेपाल आवधिक गृह भैरहवा रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–६ पिपरहियास्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयका विद्यार्थीलाई मंगलबार अभिमुखिकरण गरिएको छ । उनीहरुलाई मानव बेचबिखन भनेको के हो ? कसरी बेचिन्छ ? बेचबिखनबाट कसरी बच्न सकिन्छ ? यसका कानुनी उपचारहरु के छन् ? जस्ता विविध विषयमा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रशिक्षणमूलक प्रस्तुतीकरण गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका ३ दर्जन विद्यार्थीहरुको सहभागीता रहेको थियो । मानव बेचबिखनका बारेमा विद्यार्थीले बुझेमा घरपरिवार र समाजमा सजिलै र छिटो सचेतना फैलने विश्वास रहेको संयोजक क्षेत्रीले बताइन् । माइती नेपालले मानव बेचबिखनविरुद्ध चेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।