२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशमा भदौ २१ गते सार्वजनिक बिदा

बुधवार , भाद्र १९, २०८१

भैरहवा, १९ भदौ ।
लुम्बिनी प्रदेश सरकारले २०८१ भदौ २१ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

हरितालिका (तीज) ब्रतको अवसरमा लुम्बिनी प्रदेशभर शुक्रबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले बताए । 

उपसचिव पन्थीले बुधबार सूचना जारी गर्दै लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८० चैत २० गतेको निर्णयानुसार शुक्रबार सार्वजजिक विदा रहेको जनाएका छन् ।

notice.jpg