
बुधवार , भाद्र १९, २०८१
दाङ, १९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ निजासी डा. रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धि ऐन, २०७५ को दफा १० को उपदफा ९१० अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ ।
सकारात्मक सोच विस्तार अभियानका अभियन्ताको रुपमा स्थापित राउतले समाजशास्त्रबाट योजना तर्जुमामा पीएचडी गरेका छन् । साथै उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । अधिवक्ता समेत रहेका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागू हुने गरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij