२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्थापना दिवसको अवसरमा पशु आहार वितरण

बुधवार , भाद्र १९, २०८१

बुटवल, १९ भदौ ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसकको अवसरमा निजामती कर्मचारी युनियन रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नम्बर ७ शिवनगरमा रहेको नन्दिनी गौशालामा पशु आहार वितरण गरेको हो । 

निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेले युनियनले सामाजिक उत्तदायित्व बहन गर्दै समाजका लागि सदैव लागिरहने बताए । उनले स्थापना दिवसको अवसरमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूमा कार्यसम्पादनमा अझ बढी निखारता आओस् भन्दै शुभकामना व्यक्त गरे । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले गौ संरक्षणमा सबै जुट्नुपर्ने र सबैले आफु सक्दो खानाको व्यवस्था गर्ने भने गौमाताको रक्षा सहज ढंगले हुने बताए । 

कार्यक्रममा विशिष्ट अतिथि काँग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल लगायतले गौ संरक्षणमा तीनै तहका सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए ।

WhatsApp Image 2024-09-04 at 11.08.01.jpeg

टेकराज पन्थीको स्वागत तथा सञ्चालन सि वि ए रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।