
बिहिवार , भाद्र २०, २०८१
भैरहवा, २० भदौ ।
रुपन्देहीको भैरहवामा २ करोडको लगानीमा भैरहवा कटेज सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित दुर्गाकलोनीमा सञ्चालनमा आएको कटेजको बुधबार सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सिपी) ले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले भैरहवा कटेजले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । उनले भने, ‘भैरहवा कटेज अघि बढोस्, म शुभकामना व्यक्त गर्दछु ।’
कटेजमा सञ्चालक धिरज मान गौचनले कम मूल्यमा गुणस्तरीय सेवा प्रदान गरिने बताए । एसीयुक्त सुविधासम्पन्न ११ वटा कोठा, स्तरीय खानासहित रेष्टुरेण्ट लगायतका सुविधा रहेको उनले बताए । उनले भने, ‘शान्त वातावरणमा कटेज सञ्चालनमा आएको छ । भविष्यमा पार्टी प्यालेस, सभाहल सञ्चालनमा ल्याउने तयारीमा छौं ।’ १ विगाह क्षेत्रफलमा रहेको कटेजमा हाल १५ जनाले रोजगारी पाएको उनले जानकारी दिए ।
अर्का सञ्चालक पुरन सिंह रानाले कटेजमा पार्किङको राम्रो व्यवस्था रहेको बताए ।
पुर्ण गुरुङ, धिरजमान गौचन, प्रितम राना, प्रकाश श्रेष्ठ, रोशन थापा र पुरन सिंह रानाको संयुक्त लगानीमा भैरहवा कटेज सञ्चालनमा आएको हो ।
भैरहवा कटेज सञ्चालनमा आउनु खुसीको कुरा भएको सिद्धार्थनगर–६ दुर्गाकलोनीका स्थानीयबासी समेत रहेका पत्रकार शम्भु पन्तले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij