२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

मर्चवारमा बेवारिसे शव फेला

बिहिवार , भाद्र २०, २०८१

  • 580
    Shares
  • 580
    Shares
  • भैरहवा, २० भदौ ।
    रुपन्देहीको मर्चवार क्षेत्रमा बेवारिसे शव फेला परेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ५ स्थित लुकठहवा क्षेत्रको तिनाउ नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिए ।

    बुधबार दिउँसो परिचय खुल्न नसकेको अन्दाजी ३५ वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

    शवलाई पोष्टमार्टमको लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ ।