२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

होराइजन जिबिएसका विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन भारत प्रस्थान

बिहिवार , भाद्र २०, २०८१

  • 10.1K
    Shares
  • 10.1K
    Shares
  • भैरहवा, २० भदौ । होराइजन गौतमबुद्ध स्कूल तिलोत्तमा ड्राइभरटोलबाट सिटी मन्टेश्वरी स्कूल लखनउ भारतमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको निम्ति विद्यार्थीहरुलाई बिदाई गरिएको छ । 
    विद्यालयका ८ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई १६ औं म्याकफेयर अन्तर्राष्ट्रिय कार्यक्रममा विभिन्न ९ वटा विधाहरूमा प्रतिष्पर्धा गराउने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए । 

    भदौ २१ देखि २४ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा म्याकबग डिबेट, म्याकमग चार्टर स्पिक, म्याथ क्वीज एण्ड फंसन राईनिङ, रोवो रेस एण्ड साईन्स क्वीज वेष्ट आउट अफ वेष्ट एण्ड ड्रमा जस्ता विधामा प्रतिष्पर्धा गर्नेछन् । 

    विद्यालयबाट ४ जना छात्र र ४ जना छात्रा सम्मिलित टीमको छात्रतर्फ सागर खनाल र छात्रातर्फ कविता पौडेलले नेतृत्व गरेका छन् भने टीम लिडरका रूपमा विनय कुमार वि.क. र सहयोगी शिक्षकका रुपमा स्वीकार गिरी सहभागी रहेका छन् । 

    यस्तो किसिमका कार्यक्रमहरुमा विद्यार्थीहरुलाई सहभागी गराउँदा विद्यार्थीहरुको प्रतिष्पर्धात्मक क्षमता र सिर्जनशीलताको अभिवृद्धि हुने र अन्तर्राष्ट्रिय पहिचानसमेत कायम हुने उपप्राचार्य इन्द्र प्रसाद भुसालले जानकारी दिए । 

    बिदाई तथा शुभकामना कार्यक्रममा होराइजन जि.वि.एस. स्कूलका उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली संयोजकद्वय डा. नारायण प्रसाद पन्थ, डा तारानाथ भट्टराई तथा सहसंयोजक रुद्र भुसालसहित शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

    होराइजन गौतमबुद्ध माविले यस्ता किसिमका अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा विद्यार्थीहरुलाई हरेक वर्ष सहभागी गराउँदै आएको छ ।