२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

बुटवलमा राप्रपा निकट मिडिया नेपालको सम्मेलन हुँदै

कमल थापाले सम्बोधन गर्ने

बिहिवार , फाल्गुण २०, २०७७

बुटवल, २० फागुन ।

शुक्रबार (भोली) बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट पत्रकारहरुको संस्था मिडिया नेपालको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ। सम्मेलनलाई राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ। 

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मिडिया नेपालले सम्मेलनको सबै तयारी पुरा भएको जानकारी गराएको छ । मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले देशभरबाट २ सय ५० जना पत्रकार कार्यक्रममा सहभागिता रहने प्रथम राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको र राप्रपा अध्यक्ष कमल थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । 

सम्मेलनले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरी रणनीतिक योजना बनाउने र एजेण्डा मिल्नेसंग सहकार्य गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार फागुन २१ र २२ गते सम्पन्न हुने सो भेलाले बुटवल घोषणापत्र जारी गर्नेछ ।

वि.सं. २०७२ सालमा स्थापना भइ नेपालभरी ४५ जिल्लामा मिडिया नेपालको शाखा स्थापना गरेको महासंघमा आवद्ध करिब ७ सय सदस्यहरु आफ्नो संगठनमा रहेको उनले दावी गरे । भेलामा सहभागि हुन सबै पत्रकार र राप्रपाका नेताहरु बुटवल आइपुगेको राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य प्रदीप कुमार उदयले बताए ।