
शुक्रवार , भाद्र २१, २०८१
भैरहवा, २१ भदौ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ जुडास्थित लिटिल स्टार बोर्डिङ सेकेण्डरी स्कूलले तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अन्तर सदनात्मक सब जुनियर, जुनियर र सिनियर गरी ३ वटा समूहमा तीज गीत प्रतियोगिता भएको हो ।
प्रतियोगितामा सब जुनियरतर्फ पहेलो सदनका विद्यार्थीहरू प्रथम तथा हरियो सदनका विद्यार्थीहरू द्वितीय स्थान प्राप्त गर्न सफल भए ।
त्यसै गरी जुनियरतर्फ पनि पहेलो सदनका विद्यार्थीहरू प्रथम र हरियो सदनका विद्यार्थीहरू द्वितिय स्थान प्राप्त गर्न सफल भए । त्यसै गरी सिनियरतर्फ हरियो सदन प्रथम स्थान प्राप्त गर्न सफल भयो । पहेलो सदनका विद्यार्थीहरू द्वितीय स्थान प्राप्त गर्न सफल भए ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिलमाया थापाको अध्यक्षता, विद्यालयका संस्थापक प्राचार्य डि.बी.थापाको प्रमुख आतिथ्यता, सह–प्राचार्य मायादेवी थापाको स्वागत तथा कक्षा ८ मा अध्ययनरत विद्यार्थी सुबोध सुवेदी र युना थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थापक विद्यालयका संस्थापक प्राचार्य डि.बि.थापाले संस्कृति बचाउन एवं बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गर्नका लागि यो कार्यक्रम विगतका वर्षहरू जसरी यस वर्ष पनि निरन्तरता दिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij