२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

एमाले गैडहवा–७ को दोस्रो वडा अधिवेशन, अध्यक्षमा गुप्ता

शनिवार , भाद्र २२, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • भैरहवा, २२ भदौ ।

    नेपाल कम्यूनिष्ट पार्टी (एमाले) गैडहवा गाउँपालिका वडा नम्बर ७ कमिटीको दोस्रो वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । गैडहवा–७ स्थित ऐचावलमा भएको अधिवेशनले विसम्भर प्रसाद गुप्ताको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    वडा कमिटीको उपाध्यक्षमा निरा चौधरी, सचिवमा विर बहादुर जि.सी, उपसचिवमा राम प्रसाद लोध र कुल बहादुर बोहरा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा आनन्द कुमार गुप्ता, दिनेश लोध, राम नयन लोध, रजाउद्दीन खाँ, विष्णु क्षेत्री, रामसुमेर लोध, लालजी गुप्ता, मनिराम लोहार, राम शंकर यादव र कमला विष्ट रहनुभएको एमाले रुपन्देही जिल्ला सदस्य तथा गैडहवा–७ का इञ्चार्ज सन्दिप गुप्ताले जानकारी दिए ।

    अधिवेशनमा बोल्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कम्यूनिष्ट पार्टीमा वडाको अधिवेशनको महत्वपूर्ण भूमिका रहने बताए । उनले वडा पार्टीको जग भएको बताए । उनले भने, ‘ डा कमिटीले यहाँको विकासको कामको अगुवाइ गर्नुपर्छ । गत स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिका–७ मा एमालेले जित्न सकेन । अबको निर्वाचनमा यो वडामा एमालेले जित्नुपर्छ ।’

    त्यस्तै एमाले गैडहवा–७ का अध्यक्ष विसम्भर प्रसाद गुप्ताले विकास निर्माण कार्यको अगुवाइ वडा कमिटीले गर्ने बताए । उनले भने, ‘जनताको समस्या समाधानका निम्ति लागिपर्नेछु ।’

    वडा कमिटीका कार्यबाहक अध्यक्ष विसम्भर प्रसाद गुप्ताको अध्यक्षता, वडा कमिटीका सचिव विर बहादुर जि.सी.को स्वागत तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला सदस्य सुमन गुप्ताको सञ्चालनमा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार रामचन्द्र यादव, जिल्ला कमिटी सदस्य तथा वडा इञ्चार्ज सन्दिप गुप्ता, वडा नम्बर ८ अध्यक्ष चन्द्रप्रकाश गौचन लगायतले बोलेका थिए ।

    WhatsApp Image 2024-09-07 at 2.13.38 PM.jpeg