२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी सयौं जना जनमतमा प्रवेश

शनिवार , भाद्र २२, २०८१

भैरहवा, २२ भदौ ।
रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेता–कार्यकर्ता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी रुपन्देहीले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पर्सामा आयोजना गरेको (पालिका स्तरीय) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा उनीहरु जनमतमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई जनमतका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव, पूर्वमन्त्री चन्द्रकेश गुप्ता (सि.के.), केन्द्रीय कार्यकारिणी सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ता लगायतले पार्टीमा प्रवेश गराए ।

नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने राष्ट्रिय सचिव यादवले बताए ।

46643abe-499a-4174-87c1-9470bd48cdbf.jpeg