२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे

आइतवार , भाद्र २३, २०८१

काठमाडौं, २३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।

भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको बताए । सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताए । भाषाहरुको संरक्षण, संवद्र्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताए । उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताए।

भाषा आयोगका अध्यक्ष डा। गोपाल ठाकुरले भाषाको मुल जरो उत्पादन भएको बताए । उनले संस्कृति पनि भाषामै अड्किएको बताए । भाषा नरहे संस्कृति नरहने बताए । उनले भाषा बिना संस्कृतिको मौलिकता हराउने पनि बताए । 

अध्यक्ष ठाकुरले भाषा सर्वेक्षण गहिराइमा पुगेर गर्नुपर्ने बताए । भाषा आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न आग्रह गरे ।