
आइतवार , भाद्र २३, २०८१
भैरहवा, २३ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थगर युथले भोजन भण्डार कार्यक्रम गरेको छ । क्लबले शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरस्थित श्रीदुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठमा उक्त कार्यक्रम गरेको हो । क्लबका तृतीय उपाध्यक्ष हरि आचार्यको जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गरेको वर्ष २०२४÷०२५ का अध्यक्ष निकेश देव हटुवालले बताए ।
कार्यक्रममा विद्यापीठमा रहेका ७५ जना विद्यार्थीहरुलाई भोजन खुवाइएको कार्यक्रम संयोजक समेत रहेका क्लबका तृतीय उपाध्यक्ष हरि आचार्यले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ (पी) को ग्याट टीम अन्तर्गत क्लब मार्केटिङ चेयरपर्सन एमजेएफ संगम न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर युथले राम्रो कार्य गरेको बताए ।
कार्यक्रममा लायन्स सिद्धार्थनगर युथका निवर्तमान अध्यक्ष सन्दिप नाथ गोंगल, श्रीदुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठका अध्यक्ष चन्द्रमणि पौडेल, प्राचार्य नारायण प्रसाद भट्टराई लगायतले बोलेका थिए । क्लबका सचिव तेजवीर रसाइली (अमृत) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij