
आइतवार , भाद्र २३, २०८१
विराटनगर, २३ भदौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरी संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संविधान संशोधनको विरोधी आफूहरु नभएको भन्दै समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरी संविधान संशोधन भने हुन नसक्ने बताउनुभएको हो ।
जनताले पाएको अधिकार उल्ट्याउने गरी र समानुपातिक र समावेशी प्रणालीलाई राष्ट्रिय सभामा लाने गरि संसोधन गर्न खोजिए सहमत हुन नसकिने उनको भनाइ छ । प्रचण्डले जनताले पाएको अधिकार अझै थप्ने गरी गरिने संविधान संसोधनमा आफूहरुको सकारात्मक समर्थन नै हुने तर्क गरे ।
त्यस्तै उनले अहिले माओवादीको ध्यान सरकार बनाउनेतर्फ नरहेको र नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन २०८४ सालसम्म जारी राखे आफूहरुलाई पार्टी सुदृढ र संगठित गर्न सजिलो हुने धारणा राखे ।
उनले अहिलेको गठबन्धनको सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि निर्माण भएको आरोप समेत लगाए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफुले देशलाई बंगलादेश बनाउँछु भनेर कहिल्यै नभएको बताउँदै वर्तमान गठबन्धनले दुईतिहाईको दम्भ र अहंकार देखाए जनताले बंगलादेशको परिस्थिति ल्याउन सक्ने तर्फसचेत गराएको स्पष्ट पारे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij