२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

स्वाती थापा राप्रपाको केन्द्रीय निर्वाचन समितिमा मनोनित

सोमवार , भाद्र २४, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २४ भदौ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य स्वाती थापा पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्यमा मनोनित भएकी छन् । आइतबार काठमाडौंमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

    पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार पार्टीका वडादेखि सबै तहको अधिवेशन गर्ने प्रयोजनका लागि कार्यसम्पादन समितिका सदस्य तोरण बहादुर गुरुङ्गको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिइएको छ । 

    समितिमा केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, कार्यसम्पादन समिति सदस्य निरुपमा यादव, सहमहामन्त्री अमृत पुडासैंनी, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्यहरु डा. जयन्तनाथ खनाल, भरतजङ्ग उप्रेती र स्वाती थापा रहनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । समितिको सदस्य सचिवमा सहमहामन्त्री अधिवक्ता श्याम बहादुर शाहीलाई यसअघि नै मनोनयन गरिसकिएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेको रुपन्देही क्षेत्र नम्बर ३ को थापा संयुक्त निर्वाचन परिचालन समिति संयोजक समेत थिइन् । थापा राजनीतिसँगै शिक्षा, स्वास्थ्य तथा वातावरण क्षेत्रमा क्रियाशील छिन् ।