२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकार सर्वोच्चको फैसलाको पुनरावलोकनमा जानुपर्छ : काँग्रेस सांसद केसी

सोमवार , भाद्र २४, २०८१

काठमाडौं, २४ भदौ । नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि तत्काल पुनरावलोकन गर्न सत्तारुढ नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले माग गरका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो माग गर्नु भएको हो । त्यसो नगरिए काठमाडौंमा एउटा विद्रोहको स्थिति निर्माण हुने अवस्था आउने भएकाले पनि सरकारले यस विषयमा गम्भिर भएर आम जनताको हितमा काम गर्नुपर्ने बताए । सांसद केसीले काठमाडौंको नदी किनारामा ३÷४ आना जग्गामा घर बनाएर बसेका नागरिकहरुलाई विचल्ली बनाउने गरी सर्वोच्च अदालतले आदेश दिएकाले त्यसलाई रोक्नका लागि सरकारले सर्वोच्च अदालतमा पुनरावलोकनमा जाने निर्णय लिनु सकारात्मक रहेको पनि बताए । सांसद केसीले सो विषयमा जनताको पक्षमा आवाज उठाउन नगरपालिकाहरुलाई पनि आग्रह गरे। 

सांसद केसीले जनतालाई अन्यायमा पर्न नदिने कुरामा सरकार सदैव सचेत हुनुपर्ने पनि बताए ।