२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

गुल्मीमा एमाले स्कूल विभागद्वारा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण

सोमवार , भाद्र २४, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • गुल्मी, २४ भदौ ।
    नेकपा (एमाले) गुल्मी जिल्ला पार्टी स्कूल विभागको आयोजनामा तीनदिवसीय जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण सोमबारदेखि तम्घासमा सुरु भएको छ । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष बालसिंह काउछाले नवनिर्वाचित जिल्ला कमिटीका सदस्यहरुलाई सहभागीका रुपमा स्वागत गर्दै जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षक बनाउन आयोजना गरिएको बताए । उनले प्रशिक्षक तयार भइसकेपछि वडासम्म प्रशिक्षण दिइने र त्यसका लागि स्कूल विभागले कार्ययोजना तयार गरी अघि बढ्ने उल्लेख गरे ।

    प्रशिक्षणमा केन्द्रीय पार्टी स्कूल विभागका प्रमुख एवं पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव गोकर्ण बिष्ट, सचिव पदमा अर्याल, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु गणेश खनाल, जंग बिक, केन्द्रीय पार्टी स्कूल विभागका सचिव घनश्याम कोइराला, सदस्य वाईपी आचार्य, प्रदेश पार्टी स्कूल विभागका उपप्रमुख दलबहादुर गुरुङ लगायत नेताहरुले सहजीकरण गर्नेछन् । 

    प्रशिक्षणमा नेपालको कम्युनिष्ट इतिहास, आन्दोलन, दर्शन, प्रशिक्षण व्यवस्थापन प्रस्तुति, सीप र शैली, उद्यमशीलता, पार्टीमा वैज्ञानिक प्रविधि र प्रयोग, बैठक सञ्चालन ,माइन्युट लेखन विषयमा सहजीकरण हुने एमाले लुम्बिनी प्रदेश पार्टी स्कूल विभागका उपप्रमुख दलबहादुर गुरुङले जानकारी दिए ।

    प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले ब्यानर पढेर सामूहिक उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रमको सञ्चालन एमाले गुल्मीका सचिव धर्म वि.क.ले गरेका थिए ।