२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भलाई कोष र ई ड्राइभ तथा बुटवल टेक्सी सेवा प्रा.लि.बीच सम्झौता

मंगलवार , भाद्र २५, २०८१

बुटवल, २५ भदौ ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र ई ड्राइभ लुम्बिनी तथा बुटवल टेक्सी सेवा प्रा.लि.बीच सम्झौता भएको छ । ई ड्राइभ नेपाल र बुटवल टेक्सी सेवा प्रा.लि.मा आवद्ध गाडीलाई कोषमा आबद्ध गराउने विषयमा सम्झौता भएको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।

सम्झौतामा आफ्नो संस्थामा आबद्ध व्यवसायीका साधनहरु कोषमा नियमानुसार शुल्क बुझाई आबद्ध गर्ने उल्लेख छ । सम्झौतामा २०८१ कार्तिक ३० सम्म कोषले आबद्धता निःशुल्क गरिदिने उल्लेख छ ।

त्यसै गरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २ सय रुपैयाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको कोषका महासचिव योग गुरुङले जानकारी दिए । त्यस्तै सवारीसाधन बाटोमा दुर्घटना भइ जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले गर्ने गरी सम्झौता भएको ई ड्राइभ नेपालका प्रबन्ध निर्देशक राजकुमार गुप्ताले जानकारी दिए ।

आफ्नो गाडीको व्यापक बीमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भइ चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने गरी सम्झौता गरिएको बुटवल टेक्सी सेवा प्रा.लि.का विजय कुँवरले बताए ।

त्यस्तै मोटरसाईकल र स्कुटर दुर्घटना हुँदा २ जनासम्मको उपचार खर्च रकम १५ लाख रुपैयाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ ।