२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

माओवादी सांसदको आरोप : प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिनुभयो

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं, २५ भदौ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिएको आरोप लगाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले एनसेलको भर्खरै  नविकरणको बारेमा एकै पटक पैसा तिर्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर भन्नुभएको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको बताए । 

सांसद सुवेदीले संविधान स्वीकार गर्ने हो भने माओवादीको जनयुद्धलाई पनि स्वीकार गर्नुपर्ने बताए ।