२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्न : बंगलादेश नेपालमा जहाजमा ल्याउनुहुन्छ की रेलमा ?

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं, २५ भदौ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन्। उनले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताए। बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै प्रश्न गरे । उनले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै सचेत गराए । 

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताए ।