२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

प्रधानमन्त्री भइसक्नुभएका नेतालाई उहाँहरुको वौद्धिकतामा समाजवादको रुपरेखा छैन भनेर कसरी भन्नु : वामदेव गौतम

मंगलवार , भाद्र २५, २०८१

  • 751
    Shares
  • 751
    Shares
  • काठमाडौं, २५ भदौ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रश्तुत हुन नसकेको भन्दै आपत्ति जनाएका छन्।

    मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानले समाजवाद निर्माण गर्न राजनीतिक पार्टीहरुलाई मार्गदर्शन गरेको बताए। उनले समाजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्दासमेत समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रश्तुत हुन नसकेको बताए । यसबीचमा कम्युनिष्ट र काँग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसक्नुभएको र आलोपालो जारी रहेको बताए । 

    समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम भएको उनको भनाइ छ । यस्ता उत्पादन पद्धतिहरु संसारमा अरु चार वटा प्रकट भइसकेको बताए ।