२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संसदको गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छ : सांसद गिरी

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं, २५ भदौ । नेकपा(एमाले)का सांसद पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दुतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताए । उनले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको बताए । उनले उपसभामुखले पदीय मर्यादा अनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गरे । उनले उपसभामुखले संसदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको बताए । संसदको मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उनको भनाई छ । 

उनले उपसभामुखले निकास दिनुहोला भन्ने सोचेर अहिलेसम्म बाटो हेरेको भएपनि अहिलेसम्म कुनै सम्बोधन नभएपछि यो विषय संसदभित्र प्रवेश गरेको बताए ।