२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्थापना दिवसको अवसरमा सि.एम.ए. संघ रुपन्देहीद्वारा दीप प्रज्वलन

मंगलवार , भाद्र २५, २०८१

भैरहवा, २५ भदौ ।
नेपाल सि.एम.ए. संघको २१ औं स्थापना दिवसको अवसरमा नेपाल सि.एम.ए. संघ जिल्ला कार्यसमिति, रुपन्देहीले दीप प्रज्वलन गरेको छ ।

मंगलबार साँझ भैरहवास्थित भीम अस्पताल परिसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको सि.एम.ए. संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायले बताए ।

कार्यक्रममा सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय, केन्द्रीय सदस्य जनकराज पन्त, संघको जिल्ला पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै केन्द्रीय उपाध्यक्ष उपाध्यायले देशभका सि.एम.ए.हरुले विभिन्न सामाजिक कार्य गर्दै संघको स्थापना दिवस मनाएको बताए ।

WhatsApp Image 2024-09-10 at 9.38.41 PM.jpeg
WhatsApp Image 2024-09-10 at 9.36.58 PM.jpeg