
बुधवार , भाद्र २६, २०८१
दाङ, २६ भदौ ।
संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रद्धाञ्जली अर्पण गरेका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयले पहिलो स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण समारोह राखेको थियो । प्रदेश सभा सचिवालयमा पुगेर मुख्यमन्त्री आचार्यले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले नेपाली राजनीतिलाई सही दिशा प्रदान गर्न संविधान सभा अध्यक्ष लगायत जिम्मेवारीमा रहेर खेल्नुभएको अतुलनीय भूमिकाको स्मरण गरे । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोख बहादुर महरा, सभामुख तुलाराम घर्ती मगर लगायत प्रदेश सभा सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij