२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु

बिहिवार , भाद्र २७, २०८१

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं , २७ भदौ ।नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । 

    चिनिया सहयोगमा नेपालको कृषि कार्यक्रम अन्र्तगत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरु कतारमा निर्यात गर्न सुरु गरिएको हो ।बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

    दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले किसानहरुले उत्पादन गरेका हरिया तरकारी निर्यातसंगै यसले मुलुकको आर्थिक बिकासमा पनि टेवा पुग्ने र किसानहरुलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे। तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरुलाई विशेष तालिमका साथै आवश्यक कृषि सामाग्री समेत उपलव्ध गराएको थियो ।