२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ : उपप्रधानमन्त्री पौडेल

बिहिवार , भाद्र २७, २०८१

  • 994
    Shares
  • 994
    Shares
  • काठमाडौं, २७ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    बिहीवार पाँचौ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले कानून, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ रहेको बताए । उनले व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै जानुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले पूर्वाधार विकासलाई प्रवद्र्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहने जिकिर गरे । उनले मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी बिस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकुल नीति अवलम्वन गर्दै आएको बताए । उनले पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्नेगरी पुँजीगत र वित्तीय व्यवस्थामा बजेट विनियोजन गरिएको बताए ।

    अर्थमन्त्री पौडेलले पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको बताए ।