
शनिवार , श्रावण २४, २०७७
भैरहवा, २४ साउन ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ भैरहवा लुम्बिनीले रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा शनिबार वृक्षारोपण गरेको छ । क्लबले धकधई चोक नजिकै सडकको दुवैतर्फ १ सय वटा विभिन्न प्रजातिका फूलका विरुवाहरु रोपेको कार्यक्रम संयोजक राजाबाबु क्षेत्री (भोला)ले बताए ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकामा निर्वाचित भएको तीन वर्ष पुरा भइ चौथो वर्षमा प्रवेश गरेको र निर्वाचित हुनेबित्तिकै धकधई बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको बताए ।
उनले सरसफाई कार्यक्रम गर्दा ग्रीन धकधईको कुरा आएको र अहिले यो क्रमशः पुरा हुँदै गएको बताए । अध्यक्ष यादवले लायन्स क्लब अफ भैरहवा लुम्बिनीले उत्साहका साथ धकधई आएर वृक्षारोपण गर्नु प्रशसंनीय रहेको बताए । उनले रोपिएको विरुवाहरुको संरक्षणका लागि नागरिकको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
लायन्स क्लब अफ भैरहवा लुम्बिनीका अध्यक्ष रवि कुमार रौनियारले लायन्स क्लब सेवा गर्ने थलो भएको बताए । वृक्षारोपणको लागि अर्घाखाँची सिमेन्ट प्रा.लि., रोहिणी गाउँपालिकाको कार्यालय र डिभिजन वन कार्यालय तथा देवदह साझेदारी वनको सहयोग रहेको रौनियारले जानकारी दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदी, रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्री, जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य ताहिर अली, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सचिव वैजनाथ सहानी, देवदह साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष एकबाल खान, लायन्स इन्टनरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपाने, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियलका निवर्तमान अध्यक्ष सतिष कौशल (दिपक) लगायतले बोल्दै क्लबले सराहनीय कार्य गरेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
क्लबका सचिव विरेन्द्र गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij