२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा स्वागत तथा बिदाई

बिहिवार , भाद्र २७, २०८१

भैरहवा, २७ भदौ ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ ले स्वागत तथा बिदाई कार्यक्रम गरेको छ । संस्थाले सामुदायिक केन्द्रकी प्रहरी सहायक निरीक्षक कोपिला रानाभाटको बिदाई तथा नवआगन्तुक प्रहरी सहायक निरीक्षक सीता चुनारा र प्रहरी जवान हस्त बहादुर बुढालाई स्वागत गरेको अध्यक्ष अजय कुमार गुप्ताले बताए ।

WhatsApp Image 2024-09-12 at 12.21.07 PM.jpeg

सामुदायिक केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द न्यौपानेको स्वागत तथा सचिव रश्मी कोइरालाको सञ्चालनमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, सल्लाहकारद्वय दीपक श्रेष्ठ र शैलेन्द्र तुलाधरले भनाइ राखेका थिए । बिहीबार कार्यक्रम दुर्गा सामुदायिक सेवा केन्द्रको कार्यालयमा भएको हो।

WhatsApp Image 2024-09-12 at 12.21.06 PM.jpeg