
बिहिवार , भाद्र २७, २०८१
भैरहवा, २७ भदौ ।
यूएसएड अन्तर्गत सञ्चालित यूएसएड जल जंगल क्रियाकलापको आयोजनामा लुम्बिनीमा दुईदिने वातावरण र सामाजिक सुरक्षण तालिम सम्पन्न भएको छ ।
विकास आयोजनाहरुमा वातावरणीय र सामाजिक सुरक्षणहरु प्रभावकारी रुपमा कार्यान्यवन गर्न, अनुपालन गर्न, जोखिम व्यवस्थापन गर्न, समावेशी समुदायको सहभागीता सुनिश्चित गर्न र सहभागीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो। ‘
लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा मंगलबार र बुधबार सञ्चालित तालिमको समाजशास्त्री डा. तेज बहादुर कार्की र वातावरण विज्ञ महेन्द्र भट्टराईले सहजीकरण गरेका थिए ।
तालिममा स्थानीय समुदाय, विद्यार्थी, विश्वविद्यालयका कर्मचारी, शिक्षक, उपभोक्ता समितिका सदस्यहरु, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानीय पालिकाका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय क्लब, आमा समूह, साथी संजाल लगायत गरी ६१ जनाको सहभागीता रहेको थियो ।
यो तालिम लुम्बिनी साँस्कृतिक नगरपालिकाका चार विभिन्न स्थानमा हुने र तालिममा २ सय जनालाई सहभागी गराइने स्थानीय सहजकर्ता सन्दिप गुप्ताले जानकारी दिए । पूर्वाधार निर्माणका कारण वातावरण, सामाजिक र अन्य पक्षमा पर्ने नकारात्मक प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे तालिम केन्द्रीत थियो, ’उनले भने ।
तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले यो असाध्यै उपयोगी तालिम भएको बताए । उनले पूर्वाधारहरु वातावरणमैत्री नबनाए त्यसले वातावरणमा असर पुर्याउने भएकाले वातावरणमैत्री पूर्वाधार बनाउन आवश्यक रहेकोमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij