२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

मर्चवारमा विभिन्न पार्टी परित्याग गरी ४० जना बढी जनमतमा प्रवेश

शुक्रवार , भाद्र २८, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, २८ भदौ ।
    रुपन्देहीको मर्चवार क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी ४० जना बढी नेता–कार्यकर्ता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।

    जनमत पार्टी रुपन्देहीले बिहीबार कोटहीमाई गाउँपालिकास्थित मझगावाँमा आयोजना गरेको पालिकास्तरीय पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा ४० जना बढी पार्टीमा प्रवेश गरेका हुन् ।
    उनीहरुलाई जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव, जिल्ला इञ्चार्ज रामकेश गुप्ता, नेताहरु कैलाश गुरुङ, रामु यादव, संजय कुमार मिश्रा, चन्द्रशेखर सोनार, राम अवध गुप्ता, किरन गुप्ता लगायतले पार्टीमा प्रवेश गराए ।

    नवप्रवेशीहरुलाई बधाई तथा शुभकामना दिदै केन्द्रीय सचिव यादवले भने, ‘यहाँहरुलाई पार्टीमा उचित जिम्मेवारी दिनेछौं । पार्टीलाई अझ मजबुत बनाउन लागौं ।’