
शनिवार , भाद्र २९, २०८१
भैरहवा, २९ भदौ । रुपन्देहीको भैरहवामा शुक्रबार भएको भेलाले सिद्धार्थनगर स्पोर्टस् क्लब नामक संस्था गठन गरेको छ । खेलकुद गतिविधिलाई अगाडि बढाउन र खेल क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले बालकृष्ण बस्यालको अध्यक्षतामा सिद्धार्थनगर स्पोर्टस् क्लबको तदर्थ समिति गठन गरिएको भोज बहादुर खत्री (भोजेन्द्र) ले बताए । खत्रीका अनुसार क्लबको वरिष्ठ उपाध्यक्षमा धिरज गौचन, सचिवमा रवि श्रेष्ठ र कोषाध्यक्षमा मन बहादुर थापा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा केशवराज ज्ञवाली, नरेन्द्र बन्जाडे, गोपाल भण्डारी, विनय ज्ञवाली, सरोज राना, प्रेम जे.सी., विष्णु थापा, अनिल कुमार ज्ञवाली, अमर गुरुङ, सुजित सिंह कार्की, सनम पुन, तारा थापा र गोपाल राना रहनुभएको क्लबका सल्लाहकार तथा दर्जनौं संघ–संस्थाहरुमा आबद्ध समाजसेवी खत्रीले जानकारी दिए । क्लबको वरिष्ठ सल्लाहकारमा सुरेन्द्र बस्याल रहेका छन् । संस्थाको विधान बनाएर दर्ता प्रक्रिया अघि बढाइने बस्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij