२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

दीप ज्योति महिला समूहको अध्यक्षमा विष्णु केसी

आइतवार , भाद्र ३०, २०८१

  • 766
    Shares
  • 766
    Shares
  • भैरहवा, ३० भदौ ।

    दीप ज्योति महिला सचेतना समूह सिद्धार्थनगर नगरपालिका–८ को १९ औं वार्षिक उत्सव तथा १० औं साधारणसभा एवं अधिवेशन शनिबार अन्नपुर्णटोलस्थित दुर्गामन्दिरमा शनिबार सम्पन्न भएको छ ।

    अधिवेशनले विष्णु केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गीता भण्डारी, सचिवमा कमला गौतम, कोषाध्यक्षमा लक्ष्मी पन्थ र सह–सचिवमा बन्दना रायमाझी रहेका छन् ।

    त्यसै गरी सदस्यहरुमा विष्णु पाण्डे, सिर्जना सापकोटा, सुशिला पाण्डे, रमा भुषाल, गंगा पाण्डे, पुजा पन्थ, लक्ष्मी जि.सी र सुष्मा थाप चयन हुनुभएको निर्वाचन समिति संयोजक अधिवक्ता कुसुम अर्यालले बताइन् । निर्वाचन समिति सदस्यहरुमा उमा काफ्ले र दिरुपा बस्याल रहेका छन् ।

    समूहका अध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नमुना एकीकृत विकास परिषदका कार्यकारी निर्देशक ज्ञानु पौड्यालले उद्घाटन गर्दैै दीप ज्योति महिला समूह निकै ठुलो कठिन र संघर्षबाट माथि आएको बताइन् । उनले महिलाहरुले विभिन्न चुनौतीकाबीच पनि काम गर्नुपर्ने बताए ।

    कार्यक्रममा समूहका मानार्थ सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले समाजमा केही गर्नुपर्छ भन्ने भावना जागृत हुनुपर्ने बताए ।

    भैरहवा मर्निङ्गवाक गु्रप (बीएमजी) का अध्यक्ष विजय गोविन्द श्रेष्ठले महिलाहरुले चलाएका संस्था पारदर्शी हुने बताए ।

    कार्यक्रममा समूहका सल्लाहकार राजेन्द्र प्रसाद पन्थी, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सक्षम सहारा बहुउद्देश्यीय महिला समूहका अध्यक्ष शान्ता कंडेल, आजीवन सदस्य अंजु जैसी लगायतले बोल्दै संस्थाले गरेका राम्रा कामको प्रशंसा गरेका थिए ।

    समूहकी कोषाध्यक्ष मीना थापाको सञ्चालनमा भएको कार्यक्रममा सञ्चार क्षेत्रबाट सहयोग पुर्याएको भन्दै रुपन्देही एफएमका स्टेशन म्योनजर तथा लुम्बिनी प्रेस क्लबका महासचिव शंकर पाण्डे, संस्था स्थापनादेखि हालसम्म सहयोग गर्दै आएको भन्दै सल्लाहकार राजेन्द्र प्रसाद पन्थी र हरि लाल अधिकारीलाई सम्मान गरिएको थियो । 

    WhatsApp Image 2024-09-15 at 6.47.31 AM.jpeg