२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी क्लब अफ बुटवल चौतारीले पायो दुईवटा अवार्ड

आइतवार , भाद्र ३०, २०८१

बुटवल, ३० भदौ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लबहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लब अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ । रोटरी क्लब अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लबका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए । उक्त कार्यशालामा क्लबले सबैभन्दा बढी सदस्य उपस्थिति गराएको भन्दै अवार्ड प्रदान गरिएको हो । कार्यशालामा क्लबबाट २४ जना उपस्थित भएका थिए ।

त्यस्तै क्लबले होस्ट गरेको भन्दै अर्को अवार्ड पनि प्रदान गरिएको अध्यक्ष पौडेलले बताए । रिजन ५ मा भोट अफ थ्याङ्स पनि रोटरी क्लब अफ बुटवल चौतारीले नै पाएको छ । कार्यशालामा २०७ जना जम्मा उपस्थितिमध्ये रोटरी बुटवल चौतारीबाट मात्रै २४ जना सहभागी थिए ।