२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

जसपा नेपाल सबैलाई पहिचान दिलाउने पार्टी हो : विद्या यादव

आइतवार , भाद्र ३०, २०८१

  • 949
    Shares
  • 949
    Shares
  • भैरहवा, ३० भदौ ।
    जनता समाजवादी पार्टी (जसपा), नेपालका पूर्व संघीय परिषद् सदस्य तथा रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जसपा नेपाल सबैलाई पहिचान दिलाउने पार्टी भएको दावी गरेका छन् । उनले एकजुट भएर अघि बढ्दै पार्टीलाई अझ शक्तिशाली र मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    जसपा नेपाल लुम्बिनी प्रदेश समितिको आयोजना तथा जसपा नेपाल जिल्ला समिति रुपन्देहीको संयोजनमा शनिबार भैरहवामा भएको ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन् ।

    उनले भने, ‘पार्टीमा इमान्दार सिपाहीको रुपमा अघि बढ्नुपर्छ । पार्टीले विभिन्न व्यक्तिहरुलाई प्लेटफर्म प्रदान गर्यो । तर, केही व्यक्तिहरुले मन्त्री बन्ने लोभमा पार्टी तोड्ने काम गरे । हामी विगत १९–२० वर्षदेखि निरन्तर जसपा नेपालमा क्रियाशील छौं ।’

    उनले उपेन्द्र यादवको नेतृत्वमा अघि बढेको जसपा नेपाललाई थप शक्तिशाली बनाउन र प्राप्त उपलब्धीको रक्षा गर्न लागिपरेको बताए । उनले मुलुकमा स्थापना भएको संघीयतालाई मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले रोहिणी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने बताए ।