२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

भ्रष्टाचार न्युनिकरणमा अझ सशक्त रुपमा अघि बढ्नुस् : राष्ट्रपति पौडेल

आइतवार , भाद्र ३०, २०८१

  • 673
    Shares
  • 673
    Shares
  • काठमाडौं, ३० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्वपूर्ण रहेको बताएकन छन्।

    आईतवार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । उनले आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक रहेको बताए । उनले आयोगले प्रतिवेदनमा उल्लेख गरेका भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय रहेको बताए । उनले अब यसलाई अझ सशक्त रुपमा लैजानुपर्ने आवश्यकता रहेको बताए। उनले आयोगलाई आगामी दिनहरुमा नेपालको संविधान तथा प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना समेत दिए।

    राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।