२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

उपलब्धि हाँसिल गर्नेकुरामा सञ्चार मन्त्रालयलाई दोस्रो हुने छुट छैन : मन्त्री गुरुङ

आइतवार , भाद्र ३०, २०८१

  • 463
    Shares
  • 463
    Shares
  • काठमाडौं, ३० भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

    आईतवार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताए । उनले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गरे । उनले सबै मिलेर काम गर्दा असफल नभइने बताए। काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने भन्दै इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने पनि बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्ने बताए ।

    मन्त्री गुरुङले दक्षिण एशियामा सबैभन्दा स्वायत्त, स्वतन्त्र मिडिया काउन्सिल नेपालकै हुने दाबीसमेत गरे ।