२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संसद सुचारु हुने रास्वपाको विश्वास

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं, ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले माओवादी केन्द्र अहिले छलफलमा रहेको र संसद सुचारु हुनेमा आशावादी रहेको बताए । उनले सरकार उपसभामुखलाई हटाउने बारेमा नरहेको कुरा बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले राख्नुभएको र आफूले धन्यवाद दिएको बताए । 

उनले संसदमा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्दको प्रयोग गरेपछि अहिलेको स्थिति सिर्जना भएको बताए ।