२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

संसदमा सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई छैन : महेश बर्तौला

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं, ३० भदौ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताएका छन् ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसक्नुभएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने भनिरहेको भन्दै संसदमा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताए । उनले नियमावलीअनुसार नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार सभामुखलाई हुने भन्दै सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ रु भन्दै माओवादी सांसदहरुलाई प्रश्न गरे । उनले सभामुखको रुलिङ हरेक सांसदले मान्ने कर्तव्य हुने बताए । सभामुखको रुलिङबिरुद्ध आन्दोलन गर्ने कुरा बेठिक भएको बताए । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि प्रश्न सिर्जना गरेको बताए । 

प्रमुख सचेतक बर्तौलाले संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले भनेअनुसार चल्न माओवादी सांसदहरुसँग आग्रह गरे ।