२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ग्रामिण क्षेत्रमा बिजुली पुग्नेगरी सरकारले काम गरिरहेको छ : राज्यमन्त्री तामाङ

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं, ३० भदौ । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा उज्यालो नेपालको अनुभुति दिनेगरी विद्युतीकरण गर्ने बताएका छन् ।

आईतवार ललितपुर निर्माण व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताएका हुन् । उनले सरकारले ७७ जिल्लाका जनतालाई विद्युतको सुविधा पुर्‍याउने बताए । उनले जतिसुकै खर्च लागे पनि गरिव जनताको घरमा बिजुली बालेर छाड्ने संकल्प लिएको बताए। उनले मुलुकका जलविद्युत उत्पादनको सम्भावना राम्रो रहेको भन्दै उत्पादित विद्युत जनताको घरमा पुर्‍याउन आवश्यक रहेको बताए । उनले अहिले पनि ७७ जिल्लाका सबै ठाउँमा विद्युत पुग्न बाँकी रहेको भन्दै सरकारले चाँडै मुलुक विद्युतीकरण घोषणा गर्नेगरी काम गर्ने बताए । उनले मुलुकमा भएको ब्यापार घाटा कम गर्ने ऊर्जा क्षेत्रले धेरै महत्वपूर्ण भुमिका खेल्ने बताए। 

उनले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी सरकार तिर्दै गएको बताए । उनले सिंचाई मन्त्रालयले दिनुपर्ने निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल दिने पनि बताए।