
आइतवार , भाद्र ३०, २०८१
भैरहवा, ३१ भदौ ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गत १३ वटा वडाहरुमध्ये १० वटा वडाको अधिवेशन सम्पन्न भएको छ । हालसम्म वडा नम्बर १, ३, ६, ७, ८, ९, १०, ११, १२ र १३ को वडा अधिवेशन सम्पन्न भएको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए ।
अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा जिवलाल भट्टराई, ३ मा राम प्रसाद पोखरेल, ६ मा मदन प्रसाद पौडेल, ७ मा बाबुराम भट्टराई, ८ मा थानेश्वर पाण्डे, ९ मा बसन्त भट्टराई, १० मा सुखेन्द्र कुमार शाक्य, ११ मा तेजेन्द्र यादव, १२ मा महेन्द्र प्रसाद श्रेष्ठ र १३ मा संगम सिंह थापा सर्वसम्मत निर्वाचित भएका छन् । ‘अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न भएको छ, बाँकी रहेका तीनवटै वडामा पनि छिट्टै अधिवेशन हुनेछ,’ नगरअध्यक्ष थापाले भने ।
वडा अधिवेशन पार्टीका लागि चाडपर्व जस्तै भएको एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य चोपलाल आचार्यले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij