
आइतवार , भाद्र ३०, २०८१
भैरहवा, ३० भदौ ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिङबाट भैरहवामा बहुप्रतिक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ । साथै सोही लन्च कार्यक्रममा गाडी बुक गरेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।
कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट सिईओ राजेश गिरी र प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको सहभागीता रहेको थियो । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय इभी गाडी ग्राहकको रोजाइ बनेको बताए ।
बुटवलको बहुप्रतिक्षित गाडी टाटा पन्च इभीको लन्च गर्न पाउँदा निकै उत्साहित भएको सफल अटो इन्टरनेशनलका निर्देशक दिनेश शर्माले बताए । पहिले नेक्सन इभी र गत वर्ष टियागो इभिले बुटवलमा एकदम राम्रो बजार लिएको र अब पन्च इभीले पनि उत्कृष्ट बजार लिनेमा विश्वस्त रहेको उनको भनाइ छ ।
त्यसै गरी अम्बु मार्केटिङका प्रोपाइटर पर्शुराम पराजुलीले अहिले भैरहवामा टियागो इभि अत्त्याधिक रुचाइएको गाडी रहेको र अब पन्च इभीलाई पनि ग्राहकहरुले त्यसरी नै रुचाउने कुरामा दुइमत नरहेको बताए ।
टाटा पन्च इभीको सुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द सकिनेछ । पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij