२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले सिद्धार्थनगर–१२ को अध्यक्षमा श्रेष्ठ, सचिवमा पन्त

आइतवार , भाद्र ३०, २०८१

भैरहवा, ३० भदौ ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको अधिवेशनले महेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

कमिटीको उपाध्यक्षमा मीना पन्थी, सचिवमा आशिष पन्त, उपसचिवमा बालकृष्ण शर्मा र अमित सेन्चुरी रहेका छन् ।

त्यस्तै सदस्यमा भरत रजक, गणेश पोख्रेल, शोभा गैरे र रम्भा कुमारी हरिजन रहेका छन् ।