२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

लुम्बिनी प्रदेश सभाको ३४ औं बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची

सोमवार , भाद्र ३१, २०८१

  • 820
    Shares
  • 820
    Shares
  • दाङ, ३१ भदौ ।
    लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको ३४ औं बैठक सोमबार (आज) बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ सभामा पेश गर्नेछन् ।

    साथै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

    त्यसै गरी स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफसहित मन्तव्य राख्ने कार्यसूची रहेको छ । साथै बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा बोल्ने समेत कार्यसूची राखिएको छ ।