
सोमवार , भाद्र ३१, २०८१
दाङ, ३१ भदौ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सदस्यहरुमा रोल्पाको परिवर्तन गाउँपालिका–६ निवासी डा.सुदनकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ निवासी शान्ता देवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
त्यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिका–४ चिरेघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुईतिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पारित भएको थियो ।
त्यसै गरी गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij