२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीमा आबद्ध बालबालिकाले चलाए रोचक कार्यक्रम

सोमवार , भाद्र ३१, २०८१

भैरहवा, ३१ भदौ ।
एलएसडीटीमा आबद्ध बालबालिकाहरुले क्वीज कन्टेष्ट कार्यक्रम (हाजिरीजवाफ) चलाएर ६० औं राष्ट्रिय बाल दिवस मनाएका छन् । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ अन्तर्गत स्थापित ‘एलएसडीटी बाल मञ्च’ मा आबद्ध ६ देखि १३ वर्ष उमेरका १२ जना विद्यार्थीहरुले समूह विभाजन गरेर कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सिभिल इञ्जिनियर सुरक्षा काफ्लेले एलएसडीटी बाल मञ्चको माध्यमबाट बालबालिकालाई उनीहरुको क्षमता अभिवृद्धिका निम्ति प्रोत्साहन मात्र नभइ असल संस्कार दिन सकिने बताइन् ।

‘बालबालिकाले विभिन्न भूमिका निर्वाह गरेर स्वयं कार्यक्रम सञ्चालन गर्नुले एलएसडीटीको प्रयासले सार्थकता पाउँदै गएको अनुभव गर्न सकिन्छ, ’उनले  भनिन् । ट्रान्सपोर्ट इन्जिनियरिङमा स्नातकोत्तरका साथै कानून विषयमा स्नातक समेत गरेकी काफ्ले एस.आर. ग्रुपकी कार्यकारी निर्देशक पनि हुन् ।

बाल मञ्चका बालबालिकाहरुमध्ये १० वर्षिय प्रवल पन्तले अध्यक्षको रुपमा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संयोजकको भूमिकामा १२ वर्षीय रेयान जंग पौडेल क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन तथा क्वीज मास्टर ११ वर्षीय विधान विजय पाण्डे रहेको एलएसलडीटी व्यवस्थापन समितिका मनिष तामाङले बताए ।

भदौ २९ गते शनिबार रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धमा आयोजित कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको व्यवस्थापन समितिका सदस्य रश्मी लोहनीले बताइन् । प्रतियोगितामा साम्रिग उप्रेती, भावना पाण्डे, सम्बोधन गौतम, रेयानजंग पौडेल क्षेत्री, आरोग्य बेलबासे, सुगम भट्टराई, इभा रेग्मी, सीमा पौडेल, रोशन थापा, रिसव पौडेल र सन्दर्भ गौतमले भाग लिएका थिए । कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको सम्पदा गौतमले बताइन् ।

WhatsApp Image 2024-09-16 at 9.09.35 AM (1).jpeg