२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं, ३१ भदौ ।   काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ । 

प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ ।

कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै कुमारी पूजा गर्दा उनीहरु रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरुको भनाई छ । प्रत्येक बर्ष इन्द्रजात्राको मुख्य दिनको अघिल्लो दिन हुने कुमारी पूजालाई १९ बर्ष भन्दा बढि समयदेखि निरन्रतता दिइएको कुमारी पूजा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिए । कुमारीहरुलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।